सुर्खेत । वीरेन्द्रनगर सुर्खेत मा गौहत्या गर्नेलाई कारबाही को माग गर्दै इलेक्ट्रोनिक वस्तुगत समितिको अगुवाइ मा दबाव पुर्ण शान्ति र्याली गरिएको छ ।
हिजो नेपालगन्ज वाट दैलेख पठाएको भनिएका गाई गोरु सुर्खेत वीरेन्द्रनगर १४ कटकुवा तथा वीरेन्द्रनगर ११ बिउरेनी नजिक गरि करिब ३ दर्जन हाराहारीमा गाइगोरू भिरवाट छडाइएको अवस्थामा मृत भेटीएपछी कारबाहीको माग गर्दै दबाबमूलक प्रदर्शन गरिएको हो ।
प्रहरीको भनाइ अनुसार कटकुवा यरियामा छाडिएका मध्य केही गाईगोरू लाई गएरातिनै नेपालगन्ज तर्फ पठाईएको छ ।
यता, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले यहाँ स्थित काञ्जी हाउसमा रहेका गाईहरु दैलेखको श्रीस्थानको जङ्गलमा उपमहानगरपालिकाले नै पठाएको बताएका थिए ।

उपमहानगरले हिजो नै यसबारे विज्ञप्ति मार्पmत यसबारे बताएका थिए । मेयर राणाले भने–‘त्यहाँका स्थानीयले गाईपालनमा चासो देखाई उपमहानगरपालिकामा गाई पाउँ भनि निवेदन दिएका कारण केही गाई किसानहरुका लागि र केही श्रीस्थान जङ्गलमा छोड्नका लागि पठाइएको हो ।’
बिहीबार राती दैलेख लैजानेक्रममा सुर्खेतको कट्कुवा जङ्गल नजिक ट्रकमा लोड गरिएका गाईहरु मरेको जिकिर गर्दै मेयर राणाले भिरबाट खसालेर गौ हत्या गरिएको भन्ने कुरा निराधार भएको दावि गरेकाछन् । मेयर राणाले विज्ञप्ति मार्पmत स्पष्ट पारेको भएपनि सुर्खेतमा यसबारे चौर्तफी विरोध भएको छ ।
पशु अधिकारकर्मी, प्रहरी प्रशासन र सरोकारवाला समेतले यसबारे छानविन् समिति बनाई दोषी उपर कडा कारबाहीको प्रकृया शुरु गरेको जनाएका छन् ।
नेपालगञ्जबाट दैलेख पठाएका गाई सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवामा अलपत्र छाडेपछि पुनः ति गाईहरु नेपालगञ्ज पठाइएको छ ।
शुक्रबार बिहान दुई दर्जन बढी गाईहरु भीरबाट खसालेको अवस्थामा मृत भेटिएपछि चौतर्फी आचालोचना भएको थियो । तर कटकुवामा रहेका जीवित एक सयबढी गाईहरु नेपालगञ्ज पठाइएको पुष्टी कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पूर्णचन्द जोशीले जानकारी दिए ।



दर्शन खबर । १४ भाद्र २०७६, शनिबार