हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर १ स्थित काल्चेमा रहेको जन ज्योति प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गठन गरिएको छ । बुधबार बसेको अभिभावक भेलाले पुर्व अध्यक्ष सुबर्ण भट्टराईलाई नै विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो । भट्टराईले बिगत तीन बर्ष देखि यस विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भई सेवा दिँदै आएका थिए । अध्यक्ष भट्टराईले बिगतका दिनहरुमा विद्यालय प्रति भने जति भौतिक पुर्वाधार विकास सङ्गै शिक्षामा परिवर्तन हुन बाँकी रहेका बिषयहरुलाई अबको कार्यकालमा विद्यालयको शैक्षिक सुधार देखि भौतिक निर्माण सँगै विद्यालय प्रशासन नीति नियम आचारसंहिता परिवर्तनका लागि विभिन्न निकाय मार्फत जानकारी लिइ योजनाबद्ध परिवर्तन गर्ने बताउँदै सबै तह बाट साथ र सहयोगका लागि आशा गरेको समेत बताए ।
गुर्भाकोट वडा न १ का वडा सदस्य मङ्गली पुनको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट अध्यक्षमा सुबर्ण भट्टराई सदस्य पदका लागि लिलाराम भट्टराई, रिणु बुढा बालिका भट्टराई, ओपि बिक, कल्पना लामिछाने लगायत चयन भएकी छन् । बाँकी मनोनीत सदस्य गठन सँगै बिध्यालयको प्रधानध्यापक स्वत सदस्य सचिवमा रहने प्राबधानमा रहेको हुँदा सचिवामा प्रध्यानाध्यापक खिमा कुमारी पुन रहेकी छन् । उक्त विद्यालयमा बालबिकास देखि कक्षा ५ सम्म पढाइ हुँदै आएको शिक्षक कृपासिङ घर्तीले जानकारी दिए ।


दर्शन खबर । १३ पुष २०७९, बुधबार