
दुर्गा विसि सुर्खेत। सुर्खेत सिम्ता गाउँपालिकामा ईन्टरनेटसँग सम्बन्धि मानवअधिकार र सिद्धान्त वडा पत्रमा एक दिने समिक्षात्माक गोष्ठीकाे आयोजना गरिएको छ । स्थानीय तहसँग रहेको तथ्यांक संकलन,अभिलेख व्यवस्थापन र त्यसकाे प्रयोगको अधिकारकाइ प्रभावकारीरुपमा काम गर्नेका निम्ति स्थानीय तहमा तथ्यांक व्यवस्थापन सम्बन्धि कार्या विधि २०७८ काे नमुनाका विषयमा कार्यालयका शाखा प्रमुखहरुसँग परामर्श गरिएको छ । तथ्यांक,सुचना,अभिलेखकाे सिर्जना,प्रवहा र प्रयोगलाई दुर्त गतिमा विकास गर्ने उपाएका वारेमा व्यापक छलफल चलाएको छ ।आ-आफ्नो शाखामा तथ्यांक व्यवस्थापन तथा उपयोगका वारेमा ध्यानदिन शाखा प्रमुखहरुलाइ जानकारी गराएको छ । नागरिकलाई सहि सुचना प्रधान गर्नका लागि तथ्यांक व्यवस्था तथा अनलाइन सिस्टमै जानुपर्ने धारणा राखिएको छ ।
एसिया फाउन्डेसनका अनुप नेपाली,डिजिटल नेपालका रक्षा चालिसे,सदिच्छा सिलवालाले स्थानीय तहमा तथ्यांक व्यवस्थापन सम्बन्धि नितिगत कुराहरुकाे वारेमा जानकारी गराएका थिए ।विभिन्न शाखा र वडाहरुमा यसकाे भरपुर प्रयोग गर्न भनिएको छ । साथै साे कार्याविधि र तथ्यांक व्यवस्थापन निति नमुनाका विषयमा परामर्श,राय,सुझाव व्यक्त गरिएको छ । तथ्यांक व्यवस्थापनकाे अवस्था,स्थानीय तहमा तथ्यांक व्यवस्थापन नितिकाे अावश्यकता,यसका चुनौती,यसबाट हुने लाभ,तथ्यांक मानकिकरण,अद्भयावदिकरण,तथ्यांक भण्डारण,उपयोग,यसकाे सुरक्षा र स्वामित्वका विषयमा घनिभुत चलाएको थियोे ।गाउँपालिका अध्यक्ष ऎन वहादुर चन्द,प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा,सिम्ता गाउँपालिका वडा अध्यक्ष अन्य जनप्रतिनिधि र सम्पुर्ण शाखा प्रमुखहरुकाे उपस्थिति रहेको थियोे ।


दर्शन खबर । १३ पुष २०७९, बुधबार