सु्र्खेतमा भएकाे गाैहत्या प्रकरणको छानविन गर्न गृहलाई पत्र

बाँके । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन् । घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए ।
पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौहत्या गरिएको विषयमा सर्वसाधारणको आक्रोशलाई मत्थर पार्न गृहले सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन गनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।


राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन ।
राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्नका लागि सांसद विकास कोषबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै मन्त्री राईले भने ‘गाईको संरक्षणमा सरकार गम्भीर रहेको समेत बताउनुभयो ।’
छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा नेपालजञ्ज उपमहानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यानदिनुपर्नेमा भीरबाट खसालेर मार्नुले गम्भीर आशंका पैदा गरेको मन्त्री राईले बताए ।


तपाईको प्रतिक्रिया