
धनुषा । रेलले किचेर धनुषामा एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर यात्रीको मृत्यु भएको हो ।
सो रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेलवे लिकमा खसेका थिए ।


दर्शन खबर । १३ पुष २०७९, बुधबार