
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार दाहालले पुस २५ गते हुने पहिलो बैठकमै विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संसदको पहिलो बैठक आह्वान गरिसकेकी छिन् ।
सोही अनुसार बैठकको लागि संसद सचिवालयले तयारी पनि शुरु गरिसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर आईतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।


दर्शन खबर । १३ पुष २०७९, बुधबार