आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई जना घाइते


काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए । प्रहरीले चार जनालाई पक्राउ गरेरे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाईको प्रतिक्रिया