‘अमरज्योति उत्कृष्ठ मध्यको एक’–सभामुख शाही

सुर्खेत  ।
कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले अमरज्योति नमूना माध्यामिक विद्यालय नेवारे, सुर्खेत उत्कृष्ठ मध्यको एक विद्यालय भएको बताएका छन् ।
विद्यालयको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा सञ्चालन गरिएका विविध अतिरिक्त क्रियाकलाहरुका विजेत विद्यार्थीहरुलाई पुरस्कार वितरण समारोहमा सभामुख शाहीले उक्त कुरा बताएका हुन् । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले अमरज्योति साँच्चिकै नमूना र उत्कृष्ट पाएको भन्दै प्रसंशा गरे । ‘मैले यस विद्यालयका बारेमा धेरै सुनेको थिएँ तर अवलोकन गर्ने मौका मिलेको थिएन्’, पुरस्कार वितरण समारोहमा शुभकामना दिँदै सभामुख शाहीले भने,‘आज आएर हेर्दा विद्यालय साँच्चिकै नमूना र उत्कृष्ठ रहेछ ।’ उनले शिक्षा विकास कर्णाली प्रदेशको प्राथमिकतामा रहेको बताउँदै उनले अमरज्योतिको थप विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले कर्णाली प्रदेशभरीका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिको विकासका लागि पहल गर्न सभामुख शाही समक्ष अनुरोध गरे । उनले विद्यार्थीहरुमा विभिन्न कला लुकेका हुने भन्दै त्यसको प्रष्फुटनका लागि हौसला दिन अमरज्योतिले अतिरिक्त क्रियाकलापमा जोड दिँदैआएको बताउ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चुडामणि चपाई, अक्षयकोष समन्वय समितिका संयोजक नवराज खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यार्थीहरुलाई पुरस्कार वितरण
यसैबीच विद्यालयको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस को सन्दर्भमा सञ्चालन गरिएका विविध अतिरिक्त क्रियाकलाहरुमा स्थान ल्याउने विद्याथीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ । हरेक बर्ष भदौ १५ गते विद्यालयको जन्मोत्सम मनाउने क्रममा यस बर्षपनि विविध कार्यक्रमको आयोजना गरिएको थियो । बार्षिकोत्सवको सन्दर्भ पारेर विद्यालयले कक्षा १ र २ का विद्यार्थीहरुका लागि गवौरा फुटाउने खेल, कक्षा २ र ३ को कुर्ची दौड, कक्षा ४ र ५ को चम्चा दौडको आयोजना गरेको प्राधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । उनका अनुसार कक्षा ३–५ कक्षा ६–८ र कक्षा ९–१० का विद्यार्थीबीच छुट्टा छुट्टै चित्रकला प्रतियोगिता गरिएको थियो भने कक्षा ६–१०, कक्षा र कक्षा ११–१२ बीच छुट्टा छुट्टै नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै छात्रा छात्रको छुट्टा छुट्टै १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिता गरिएको थियो । बार्षिकोत्सवकै अवसरमा अन्तर सदन क्रिकेट प्रतियोगिता, कथा वाचन, हाजिरी जवाफ, वक्तृत्वकला, अभिनय लगायतका प्रतियोगिता आयोजना गरिएको प्र.अ.थापाले जानकारी दिए । उनले विद्यार्थीहरुको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई विद्यालयले सधैँ प्राथमिकता दिने गरेको पनि बताए ।
आफ्नो ५९ औँ बार्षिकोत्सव समारो भने यही भदौ १५ गते ११ बजेदेखि विद्यालय प्राङ्गणमा हुने भन्दै अभिभावकहरुलाई आमन्त्रण गरेको छ ।


तपाईको प्रतिक्रिया