
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी छन् । शुक्रवार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयता माथि गम्भीर भएर चिन्तन गर्न आग्रह गरेकी छन् । पत्रकारले राष्ट्र र समाजप्रतिको राज्यकोे दायित्व पूरा गर्न मद्दत र्पुयाएको छ कि छैन, लोकतन्त्र कसरी बलियो बनाउने, आवाजविहीनको आवाज बन्ने काम भएको छ कि छैन, पत्रकारिताको व्यावसायिक अभ्यास भएको छ कि छैन भन्ने विषयमा गम्भीर भएर कलम अलायन आवश्यक रहेको बताईन् ।
राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादा अनुरुप सत्य तथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न पत्रकारहरुलाई आग्ह गरिन् । पछिल्लो समय डिजिटल मिडियाको प्रभाव अत्यन्तै बढेको उल्लेख गर्दै डिजिटल समाचार संस्थाले आचार संहितामा विषेश ख्याल गर्नुपर्ने उनको भनाई रहेको थियो । साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही लगायतका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा देशभरका ७ सय बढी पत्रकारहरु सहभागी भएका छन् । महासंघको साधारण सभा दुई दिन सम्म वीरेन्द्रनगरको सिटीहलमा चल्नेछ ।


दर्शन खबर । ८ पुष २०७९, शुक्रबार