सुर्खेतमा स्कुल बसको ठक्करबाट एक जना महिला घाईते

सुर्खेत । सुर्खेतमा स्कुल बसले ठक्कर दिँदा एक जना महिला घाईते भएकी छन् । शुक्रबार विहान ९ साँढे बजे भे १ क १२६० नम्बरको राइजिङ स्टार एकेडेमी सुर्खेत बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ चनाबारी की ६६ वर्षीय मनिसरा सुनार घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते सुनारको हाल कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पर्शुराम चौधरीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया