पञ्चपुरीमा फोर्स गाडि दुर्घटना : ७ जना घाईते

सुर्खेत । सुर्खेतमा फोर्स गाडि दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । शुक्रवार बिहान अन्दाजी १० बजेको समयमा पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी पञ्चपुरी नगरपालिका २ सिरीचौर भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते हुनेहरुमा दैलेख नौमुले गाउँपालिका–३ का १६ वर्षीया हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीया बसन्ती धरला, पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, सोही ठाउँका २७ बर्षिय टोप बहादुर घर्ति रहेका छन् ।

यस्तै वडा नम्बर ५ का ३४ वर्षीया नन्दा शाही, दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीया मुना पुरी र पञ्चपुरी नगरपालिका ८ का ५६ वर्षीया जनक देव गिरी, रहेका छन् । घाईते भएकी हिमा सलामी मगर, नन्दा शाही र बसन्ती धराला अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्य ४ जना भने उपचारत रहेको छन् । गाडी सडकबाट २ मिटर तल बायाँ साइडमा पल्टिना पुगेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया