जीवन शाही बने कर्णालीमा कांग्रेस संसदीय दलको नेता

सुर्खेत । मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका जीवनबहादुर शाही कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन् । उनीले मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया