एसईईमा सी प्लस ल्याउन नसके अर्को परीक्षा दिनुपर्ने

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास निर्देशनालय, बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, शाखा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै सी प्लस आउन नसक्ने विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताएको हो । २०७९ सालको बैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी प्लसभन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडवृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने बताउँदै बोर्डले सोही आधारमा फाराम भराउन आग्रह गरेको छ । बोर्डबाट गत मंसिर ८ मा प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भराउने सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने विद्यार्थीहरुको केही जिल्लाहरुले द्धिविधा भएको जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया