जुम्लाबाट निर्वाचित भएका दुई सांसदले लिए खसभाषामा शपथ

जुम्ला । जुम्लाबाट निर्वाचित भएका २ जना सांसदले खसभाषाबाट शपथ लिएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा जुम्लाकी दुई समानुपातिक सांसदले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका छन्। काँग्रेसका कान्तिका सेजुवाल  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायतले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका हुन् । पछिल्लो समय जुम्ली भेषभुषा हराउँदै गएको अवस्थामा उनीहरुले शपथका क्रममा यो पोशाक प्रयोग गरेका हुन् । सेजुवाल चन्दननाथ नगरपालिकाकी पूर्व मेयरसमेत हुन् । उनले जुम्लाको सिंजा उपत्यका उत्पादन भएको खस भाषामा शपथ लिएकी छन् । यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन् । जूम्लामा प्रतिनिधि सभामा  एक जना प्रत्यक्ष र तीन जना सांसद समानुपातिकमा छन् । प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाही, समानुपातिकतर्फ माओवादीका छिरिङ ल्यामु लामा, काँग्रेसका  सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कठायत निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया