तस्विरमा हेर्नुहोस् पत्रकार महासंघ केन्द्रीय साधारण सभाकाे तयारी

सुर्खेत । नेपाल प्रत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा भोली देखि सुरु हुँदै छ । विहान ८ बजे प्रभातफेरी पश्चात ९ बजे राष्ट्रपतिले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशभरबाट आउने पत्रकारहरुका लागी वीरेन्द्रनगरका २२ वटा होटलको व्यवस्थापन गरिएको छ भने पर्यटकिय क्षेत्रहरुको भ्रमण गर्ने व्यवस्था मिलाईएको पत्रकार महासंघका केद्रिय सदस्य दिपेन्द्र शर्माले जानकारी दिए । ७७ वटै जिल्लाबाट गरी ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने कार्यक्रमका लागी विभिन्न समिति र उपसमितिहरू निर्माण गरी व्यवस्थापनको तयारी गरिएको छ ।

साधारण सभाको तयारी पुरा भएसंगै नेपाल पत्रकार महासंघ केन्द्रीय साधारण सभाको बैठकको आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन समारोहमार सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रुपमा सहभागिता जनाउने छन् । साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिने भएको छ ।

तस्विरहरु

तपाईको प्रतिक्रिया