पहिलो पालोमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ : जनार्दन शर्मा

काठमाण्डौ । अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पालोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । सांसदको शपथ लिन संसद भवन नयाँ बानेश्वर पुगेका शर्माले गठबन्धन बैठकमा सल्लाह गरेरै प्रधानमन्त्री तय गरिने बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएर अस्पतालमा रहेको र उनी डिष्चार्ज भएपछि गठबन्धनको बैठक बसेर प्रधानमन्त्रीको विषयमा निर्णय हुने शर्माले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकै समयमा गठबन्धनकोतर्फबाट प्रधानमन्त्रीको दाबी पेश हुने उनले बताए । राष्ट्रपतिले पुस १० गतेभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न आह्वान गरेकी छन् ।

 


तपाईको प्रतिक्रिया