कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुको शपथ पुस ११ गते हुने भएको छ । कर्णाली प्रदेश सचिवालयका अनुसार पुस ११ गते कर्णाली प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य माननीय विनोद कुमार शाहले प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् शपथ ग्रहणका लागि सांसदहरुलाई शपथ लिनु भन्दा दुई घण्टा अगाडि नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ ।

शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम संघीय संसद, प्रतिनिधि सभाको अध्यक्षता गर्ने माननीय ज्येष्ठ सदस्यले देहायको मिति, समय र स्थानमा संघीय संसद, प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई गराउनु हुने शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपी), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु । प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा २ बमोजिम तीन दिन अगावै कर्णाली प्रदेश सभा सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै कर्णाली प्रदेश अन्तरगत सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ–आफ्नो जिल्लाका प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई उल्लिखित जानकारी गराइदिने व्यवस्था हुन समेत अनुरोध गरिन्छ ।

शपथ ग्रहण हुने मिति, समय र स्थान

मिति : २०७९ साल पुस ११ गते सोमवार
उपस्थिति: दिउँसो १ ०० बजेदेखि
स्थान : कर्णाली प्रदेश सभा सचिवालय सुर्खेत
समय : दिनको ३ बजे


तपाईको प्रतिक्रिया