पाल्पा । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार पाल्पा आउने भएकी छन्। उनी पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला जगन्नाथ पन्तले बताए । राष्ट्रपति दिउँसो तीन बजे आउने कार्यक्रम छ । रूपन्देहीमा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न आउने क्रममा मन्दिरमा दर्शन गर्ने भएकी हुन्।
मन्दिरमा दर्शन गरेपछि फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला पन्तले बताए । अहिले सिद्धबाबा क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।


दर्शन खबर । ७ पुष २०७९, बिहीबार