पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी पूरा

सुर्खेत । शुक्रवारदेखि सुुरु हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी पूरा भएको छ । मंगलवार नेपाल पत्रकार महांसघले पत्रकार सम्मेलन गरेर यही पुस ८ र ९ गने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम पुरा भएको जानकारी दिएको छ । देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटेलहरुको व्यवस्थापन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य एवं दीपेन्द्र शर्माले बताए । साधारण सभामा झण्डै ७ सय बढी पत्रकारहरुको सहभागिता हुने बताइएको छ । महासंघको सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रमको तयारीमा कुनै कमी हुन नदिने जानकारी दिए ।
महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ बर्ष पछि पहिलो पटक कर्णाली प्रदेशमा साधाराण सभा हुन उल्लेख गरे । साधारण सभाका लागि कर्णाली प्रदेश सरकार, सुर्खेतका सबै स्थानीय तह, सुर्खेत उद्योग वाणिज्य संघ र केन्द्रीय सरकार समक्ष पनि बजेटको माग गरिएको जानकारी दिए । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धित सम्पुर्ण शाखाहरुबाट प्रतिनिधिहरु सहभागी हुने बताए ।

उक्त साधारण सभामा प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी रहने बताईएको छ । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र बाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही अतिथीको रुपमा रहने छन् । पत्रकार सम्मेलनमा महासचिव पुरीले ८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु हुने बताए । साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । उक्त साधारण सभाको उद्धाटन राष्ट्रपति भण्डारीले गर्ने बताईएको छ ।


तपाईको प्रतिक्रिया