सल्यानमा बस दुर्घटना हुँदा ३ जना घाईते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ३ जना घाईते भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाबाट दाङ्गको लागि छुटेको ना ८ ख २५३ नम्बरको बस सिद्ध कुमाख गाउँपालिकाको पटारेमा मंगलवार विहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त दुर्घटनामा परि ३ जना घाईते भएको छन् । घाईते हुनेहरुमा सल्यान छत्रेश्वरी गाउँपालिका १ का भद्रविर खड्का, सोही ठाउँकी ४० वर्षीय टिका नेपाली र ७७ वर्षीय चम्फादेवी शर्मा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको हाल श्रीनगरको कान्तिपुर हस्पिटलमा उपचार भईरहेकोे छ । उक्त गाडिमा चालक, सहचालक र गाडि साहु गरेर जम्मा ३९ जना रहेको थिए । गाडि चालक छत्रेश्वरी गाउँपालिका १ का ३० वर्षीय तारा प्रकाश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया