
सुर्खेत । कवीन्द्र कुमार केसिले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् । विगत दुई वर्ष देखी आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाउँदै आएका केसिले यस पटक पनी वीरन्द्रनगरको नेवारेमा रहेको मानव सेवा आश्रममा मनाएका हुन् । सिम्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले सुर्खेतका जिल्ला सचिव समेत रहेका केसिले मानव सेवा आश्रमलाई खाद्यान्न र फलफुल सहयोग गर्दै आफ्नो ५२ औँ जन्मदिन मनाएका हुन । केसिले मानव सेवा आश्रमले सडकमा दुःख पाईरहेका नागरिकहरुलाई एकै स्थानमा राखी शिक्षा दिक्षा सहित उनिहरुको पुर्नस्थापनामा आश्रमले खेलेको भुमिकाको प्रसंसा समेत गरे । जन्मदिनको अवशरमा मानव सेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुशि लागेको उनले बताए । नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङले केसिलाई आश्रममा स्वागत गरेका थिए । बुधबार हुन गईरहेको नेपथ्य लाइभ कन्सर्टको सफलताको सुभकामना समेत केसिले गायक गुरुङलाई दिए , हाल आश्रममा ४२ पुरुष २९ महिला ४ बच्चा गरि जम्मा ७५ संख्यामा सहयोगापेक्षी व्यक्तिहरुले आश्रम लिएका छन् । आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, सालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।



दर्शन खबर । ५ पुष २०७९, मंगलवार