जाजरकोटमा जडीबुटी ओसारपसार गर्ने दुई जना पक्राउ

जाजरकोट । विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा ईजाजत विनै जडीबुटी ओसारपसार गर्ने दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका – ७ का सुरेन्द्र शाही र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१२ का खगेन्द्र खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ट्रकमा बिना ईजाजत ८९ बोरा २१९२ दशमलब ०४ किलोग्राम जटामसी र १७ बोरा ४७६‍ दशमलब १२ किलोग्राम पदमचाल फेला परेको थियो । आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको छ ।

 


तपाईको प्रतिक्रिया