गुर्भाकोटमा वडाबाटै योजना सम्झौता सुरु, उपभोक्ता खुशी


हुम बहादुर कार्की।
सुर्खेत । गुर्भाकोट नगरपालिकाले वडा वडा स्तरमा पुगेर योजना सम्झौता गरिरहेको छ । नगरपालिकाले प्रत्येक वडा कार्यलयमा पुगि वडाबाटै योजना सम्झौता गरि जनताहरु लाई सहजता प्रदान गर्ने प्रयास गरेको हो ।
यसै क्रममा सोमबार देखि गुर्भाकोट नगरपालिका वडा नम्वर २ को कार्यलय बाट योजनाहरु सम्झौता गर्ने क्रममा आज १९ वटा योजना सम्झौता गरिएको छ ।
गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबकिरण बुढाले वडा स्तरीय साना योजना सम्झौता गर्न जनताहरु नगरपालिका पुग्न दुःख हुने र समय लाग्ने भएकोले जनताहरुको सहजताका लागि वडा बाटै सेवा दिन थालिएको जानकारी दिए । सोमवार देखि सुरु गरिएको योजना सम्झौता कार्य वडा नम्वर २ को कार्यलय बाट सेवा सुचारु गर्दा सफल भएको र भोलि देखि सहारे धारापानी गर्दै नगर देखि टाढा पर्ने वडा हरुलाई वडा कार्यालय बाटै योजना सम्झौता कार्य अघि बढाइने जानकारी दिए ।

 

सम्झौता कार्यक्रममा योजना संचालक देखि अनुगमन र भुक्तानी को प्रक्रिया बारेमा जानकारी दिनुका साथै अन्तिम रकम भुक्तानी को प्रक्रियाको बारेमा समेत जानकारी दिइएको थियो ।
उक्त कायक्रम मा योजना शाखाबाट निरक केसि ओम प्रसाद चपाइ दिपक शर्मा त्यसगरी प्राबिधिक शाखाका इन्जिनियर अर्जुन खत्री सहायक इन्जिनियर भानुभक्त ढकाल लगायत लेखा सहितको टोलि वडा कार्यलयमा पुगी सम्झौता कार्यका लागि खटिएका थिए ।
गुर्भाकोट नगरपालिकाको बार्षिक नीति बजेट तथा कार्यक्रम २०७९ का अनुसार नगरकार्य पालिकाबाट अनुमोदन भएका शिर्षक जस्तै शिक्षा स्वास्थ्य यातायात पुर्बाधार लैङ्गीक समता तथा सामाजिक समाबेसीकारण खानेपानी तथा सरसफाइ सम्पदा पुर्बाधार भाषा सस्कृती सहरी विकास युवा तथा खेलकुद पुर्वाधार वित्तीय सुशासान जस्ता उप क्षेत्र हरुमा योजना सम्झौता भएका थिए ।
वडा बाटै योजना सम्झौता हुदा स्थानीयहरु उपभोक्ताहरु खुशी भएका छन् । नगर सम्झौता गर्न जादा यातायात , नास्त तथा समयको खर्च हुने गरेकोमा वडा बाटै यस्ता कार्य हुदा स्थानीय खुशी हुदै सथानिय सरकार घरमै आएको महसुस भएको बताएका छन् ।
योजना सम्झौता गुर्भाकोट नगरपालिका वडा नम्वर २ को कार्यलय बाट सुरु भएको हुदाँ सोही वडा वडा सचिब गणेश डिसि पशुप्राबिधिक निरुता आचार्य लगायत वडा जनप्रतिनिधिहरुको समेत अहम भुमिका रहेको थियो ।

तपाईको प्रतिक्रिया