भेरीगंगामा अटो दुर्घटना हुँदा दुई जना घाईते

दिपक बराल सुर्खेत । सुर्खेत जाजरकोट सडकखण्ड अन्तरगत भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरे झिङ्गी खोलाको पुल नजिक अटो दुर्घटना हुँदा २ जना घाईते भएका छन् । गुर्भाकोट नगरपालिका मेहेलकुना बाट जहरे तर्फ आउँदै गरेको भे १ ह ६००० नब्बरको अटो अनियन्त्रित भएर सोमवार दिउँसो ३ः४५ को समयमा दुर्घटना हुँदा दुई जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा लेकवेशी नगरपालिका वडा नब्बर १ का ४२ वर्षिय हरिप्रसाद पौडेल र सोही ठाउँका २७ वर्षिय कर्ण बहादुर चन्द रहेको अस्थाई प्रहरी चौकी जहरेले जानकारी दिएको छ । पौडेलको छाती र दुवै खुट्टामा चोट लागि गम्भिर घाईते भएका छन् ।

गम्भिर घाईते भएका पौडेलको स्थानिय रमेश मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि सुर्खेत कालागाँउ अस्पतालमा रिफर गरिएको छ । चन्दको भने दाँया खुट्टा र घुँडामा चोट लागेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हाल स्थानिय रमेश मेडिकहलमा उपचार भईरहेको अस्थाई प्रहरी चौकी जहरेका प्रहरी सहायक हवलदार बिर बहादुर खड्काले जानकारी दिए । अटो र अटो चालक गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनाका ३९ वर्षिय टिकाराम खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरी सहायक हवलदार खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया