कांग्रेस संसदीय दल निर्वाचनका लागी उम्मेदवारी दर्ता आज

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ । मंगलबार बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए ।
उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।


तपाईको प्रतिक्रिया