सुर्खेतमा मोटरसाइकल र स्कुटर ठोकिँदा ३ जना घाइते

सुर्खेत। सुर्खेतमा मोटरसाइकल र स्कुटर ठोकिँदा ३ जना घाइते भएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चौक नजिकै देउती बज्यै मन्दिरबाट पिपिरा तर्फ आउदै गरेको भे ४ प ७६९२ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका १० का २४ वर्षीय विजय देवकोटा, वीरेन्द्रनगर नगरपालिका ११ कि १४ वर्षीय जमुना सुनार र सोही ठाउँकी १६ वर्षीय अन्जु सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

घाईतेहरुको हाल सुर्खेत अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एबम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । मोटरसाइकल चालक फरार रहेको र उक्त स्थानमा प्रहरी सहायक हवाल्दर पुर्ण बहादुर शाहीको कमाण्डमा २ जनाको प्रहरी टोलि खटिएको उपरीक्षक कार्कीले जानकारी दिए । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


तपाईको प्रतिक्रिया