सुर्खेत । सुर्खेतमा एक जना पुरुष मृत अवस्था फेला परेका छन् । जिल्लाको लेकबेशी नगरपालिका १० झुप्रा खोला नजिकै सोही ठाउँका प्रकाश गिरी शनिवार मृत अवस्थामा फेला परेका हुन् । उनी मंसिर २९ गते वीरेन्द्रनगर नगरपालिका १३ बिहेघरदेखि आफ्नो घर जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ । मृतक गिरीले बढी मात्रामा मदिरा सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एबम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
गिरी २९ गते घर फर्किएको भए पनि स्थानियले शनिबार शव देखेर प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीले जानकारी पाए लगत्तै उक्त घटना स्थलमा प्रहरीको टोली पुगिसकेको उपरीक्षक कार्कीले बताए । मृतक गिरीको घरमा १५ वर्षीय छोरा रहेको र श्रीमतीले केही वर्ष अघि नै छोडेर गएको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ


दर्शन खबर । २ पुष २०७९, शनिबार