सुर्खेत । सुर्खेतको देउती बज्यै मन्दिरबाट एक जनाले मूर्ति चोरेका छन् । शनिवार राति ८:२० को समयमा वीरेन्द्रनगर नगरपालिका ६ का २२ वर्षिय किरण विकले उक्त मुर्ति चाेरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ । विकलाई मूर्ति चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले सुर्खेत बसपार्कबाट पक्राउ गरेकाे छ । उनले मदिरा सेवन गरी मन्दिर बाहिर राखेको मूर्ति चोरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एबम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । मूर्ति चोर्ने विकलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।


दर्शन खबर । २ पुष २०७९, शनिबार