पूर्ण सरसफाई उन्मुख भए वीरेन्द्रनगरका दुई टोल

सुर्खेत । “पुर्ण सरसफाईयुक्त वडा बनाउने हामी सबैको रहर, सफा र स्वच्छ हाम्रो घर” भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का दुई वटा टोललाई पूर्ण सरसफाइ स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहन माया ढकालले दिप प्रजलन र व्यानर पढेर उक्त वडाका गैरी र कृष्ण टोललार्ई पूर्ण सरसफाइ स्वच्छता उन्मुख टोल घोषणा गरेकी हुन् । स्वच्छता उन्मुखका लागि सरसफाइका सबै सूचकहरु पूरा गरेपछि वडास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति वीरेन्द्रनगर ४ को आयोजना, सुन्दर नेपाल संस्था र एसएनभीको साझेदारीमा उक्त टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । कार्यक्रमका सभापतित्वमा रहेका वीरेन्द्रनगर नगरपालिका ४ का वडाअध्यक्ष शेर बहादुर केसीले ४ नम्बर वडामा २० वटा टोल रहेका मध्य २ वटा टोल पुर्ण सरसफाई टोल घोषणा भएको जानकारी दिए ।साथै उक्त टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै यसलाई निरन्तर दिन सवैलाई उनले आग्रह गरे । आगामी चैत्र महिना सम्म वडा नम्बर ४ लाई नै पुर्ण सरसफाइ वडा घोषणा गरिने वडा अध्यक्ष केसिले प्रतिवद्धता समेत जनाएका छन् । यस्तै कार्यक्रमकी प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख ढकालले मानव जीवनको आवश्यकता मध्यका महत्वपूर्ण विषय सरसफाइ रहेको र मान्छे स्वस्थ्य जीवन विताउन व्यक्तिगत सरसफाइदेखि वातावरणीय सरसफाइमा ध्यान दिन जरुरी रहेको बताईन् ।  उपप्रमुख ढकालले उक्त टोललाई बधाईका साथै आगामी दिनमा नगरपालकाले पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीन् । यस्तै सफा र स्वच्छ टोल घोषणा कार्यक्रमका विशिष्ट अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले पुर्ण सरसफाई टोल घोषणा गर्न सहयोग गर्ने विभिन्न संघ संस्थालाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

उनले आगामी दिनमा यो भन्दा अझै बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह समेत गरे । यस्तै बिशेष अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारीले पूर्ण सरसफाइ सम्बन्धी सम्पूर्ण सूचकहरु पूरा गरी यो टोल हुँदै वडा नै जिल्लाको नमूना बन्न सकोस भन्दै शुभकामना व्यक्त गरे । यसका लागि नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए । फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणामा मात्र सीमित नराख्न अधिकृत तिवारीले आग्रह गरे । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख, विभिन्न संघ सस्थाका कर्मचारी, टोल विकास समितिका अध्यक्ष, सदस्य लगायत समाजसेवी व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । उक्त कार्यक्रमकाे संञ्चालन वीरेन्द्रनगरपालिका ४ का वडा सचिब सम्भु प्रसाद उपाध्ययले गरेका थिए । 


तपाईको प्रतिक्रिया