सुर्खेत । सुर्खेतमा एकजनाले आफ्नै श्रीमतीलाई कुटपिट गरी घाईते बनाएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ अमृतडाँडा बस्ने ३५ बर्षका हेमराज वलीले घरायसी विवादका कारण ३२ वर्षिय आफ्नै श्रीमती बागेश्वरी वटला वलीलाई शुक्रवार कुटपिट गरी गम्भिर घाईते बनाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते बागेश्वरीको हाल कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत उपचार भईरहेको प्रहरीले जनाएको छ । फरार रहेका वलीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । झगडा भएको बताईएको छ ।


दर्शन खबर । २ पुष २०७९, शनिबार