पश्चिम सुर्खेतको सडक योजनालाई अलपत्र पार्ने प्रति माओवादी केन्द्र पन्चपुरीको ध्यानाकर्षण

सुर्खेत। पश्चिम सुर्खेतको बड्डीचौर खम्बागाडे सडक विस्तार र निर्माणकार्यलाई रोक्ने डिभिजन वन कार्यालय सुर्खेतभेरीप्रति नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा माओवादी केन्द्र पन्चपुरी नगर कमिटी सुर्खेतले शुक्रवार एक विज्ञप्ती जारी गर्दै पश्चिम सुर्खेतका जनताको विकास र समृद्धिको प्रस्थान बिन्दुकोरुपमा रहेको सडक कालोपत्रे योजनालाई फेरि पनि विलम्ब गरि अलपत्र पार्ने विकास विरोधी तत्वहरुको हर्कतप्रति ध्यानाकर्षण जनाएको हो । विज्ञप्तीमा करिव तीन दशकदेखिको व्यग्र प्रतिक्षा पश्चात् पक्की सडकमा हिड्ने सपना साकार हुने क्रममा बड्डीचौर खम्बागाडे खण्डको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास निर्देशनालय र खम्बागाडे– बाबियाचौर– बिधापुर खण्डको १० किलोमिटर सडक संघीय सरकार अन्तर्गतको सडक विभाग मार्फत बोलपत्र आह्वान भई छनौट भएका निर्माण कम्पनीहरुले आ–आफ्नो क्षेत्रमा सडक बिस्तार र निर्माणकार्य संचालन गरेको दाबी गरेका छन ।

पछिल्लो केही समयदेखि विभिन्न बहानामा, छदम विकास बिरोधि तत्त्वहरुको षड्यन्त्रमा डिभिजन वन कार्यालय सुर्खेत भेरीले कथित वन ऐन कानुनको हवला दिदैं दु्रतगतिमा अघि बढीरहेको सडक विस्तार र निर्माणकार्यलाई रोक्ने जस्तो विकास विरोधी तथा जनविरोधी कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादी केन्द्र पञ्चपुरी नगरपालिका नगरकमिटि अध्यक्ष केशव शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हृदयराम थानी, कर्णाली प्रदेश सभा सदस्य माननीय बिन्दमान बिष्ट, पञ्चपुरी नगरपालिका, बराहताल गाँउपालिका र डिभिजन वन कार्यालय सुर्खेत भेरी समक्ष कमिटिले तत्काल सडक निर्माण कार्य सुचारु गर्ने अन्यथा यस क्षेत्रका आक्रोशित न्यायप्रेमी जनसमुदायको साथमा सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।


तपाईको प्रतिक्रिया