मापदण्ड पुरा नगर्ने सवारी साधनलाई एक लाख सम्म जारिवाना

काठ्माडौ ।
पुस १ गते (आज) देखि तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारी साधनलाई रु एक लाख सम्म जारिवाना गरिने भएको छ ।
वातावरण विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।
पछिल्लो समयमा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाही सहित जारिवाना गरिने विभागले जनाएको हो ।
विभागले प्रदूषण जाँच गरेर मात्रै गाडी चलाउन आग्रह गरेको छ । यस भन्दा अगाडी धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा विभागले आजदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया