जिवन ज्योती मावी दशरथपुरको अध्यक्षमा कर्ण वली


दिपक बराल
सुर्खेत । श्री जिवन ज्योती नमुना माध्यमिक विधालयको अभिभावक भेला सम्पन्न भएको छ । लेकवेशी नगरपालिका वडा नम्वर ४ मा रहेको श्री जिवन ज्योती नमुना माध्यमिक विधालयमा विधालय वस्थापन समिती गठन गर्न बसेको अभिभाबक भेला बिहिबार सम्पन्न भएको हो ।
लेकवेशी नगर पालिका वडा नम्वर ४ का वडा अध्यक्ष लोकेन्द्र थापाको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट विधालय व्यवस्थापन समितिको अध्यक्षतामा कर्ण बहादुर वली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रेमलाल चपाई , तिलक पाण्डे , मेलिना जैसी , कमला खराल, सीता सोनी विधालयका प्रध्याना ध्यापक तीर्थ प्रसाद पौडेल र लोकेन्द्र थापा गरि जम्मा ८ जना व्यावस्थापन समितिमा मनोनित गरिएको र एक जना शिक्षक प्रतिनिधि छनोट हुन बाँकी रहेको श्री जिवन ज्योती नमुना माध्यमिक विधालयका प्रध्याना ध्यापक तिर्थ प्रसाद पौडेलले जनाकारी दिए ।


पुर्व विधालय व्यवस्थापन समिति अध्यक्ष तोयनाथ शर्मा , सदस्यहरु प्रेमलाल चपाई , झागिसर सुनार, गोमा आचार्य, पवित्रा पोख्रेल, गीता बोहरा लगायत अन्य सदस्यहरुको कार्यकाल सकिएकोले सम्मानका साथ बिदाई गरि नयाँ विधालय व्यवस्थापन समिती गठन गरिएको प्रध्याना ध्यापक पौडेलले जानकारी दिए ।
अभिभावक भेलाबाट अभिभावकहरुले अभिभावक मध्ये बाट चारजना छनोट गरेपछि छानिएका चार जना अभिभावकहरुले पुर्ण दुई जना अभिभावक छनोट गरेपछि छनोट भएका छ जना मध्ये बाट एक जना विधालय व्यवस्थापन समितीको अध्यक्षमा चयन भएपछि बाँकी पाँच जना, विधालयका प्रध्याना ध्यापक , वडा अध्यक्ष सोतह र एक जना विधालयका शिक्षक गरी जम्मा ९ जना विधालय वयवस्थापन समिति सदस्यमा रहने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया