अपाङ्गमैत्री संरचना निर्माण र निति कार्यान्वयनमा ध्यान दिन सुझाव

सुर्खेत । अपाङ्गतामैत्री संरचना नहुँदा आफुले दुःख पाएको एक कार्यक्रमका सहभागीले बताएका छन् । बिहिवार सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश सुर्खेतको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वय र दर्शन खबरको सहजिकरणमा अपाङ्गगता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि सार्वजनिक बहस कार्यक्रममा सहभागी भएका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रमका सहभागी धर्मराज रावलले नगरपालिकामा अहिले सम्म अपाङ्गगता समिति गठन हुन नसक्नुको कारण र विभिन्न कार्यालयमा उजुरी पेटिका भएपनि अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको गुनासो गरे । कार्यक्रममा सहभागी भएकी सविता शर्माले अपाङ्गता भएका व्यक्तीहरु घर- परिवार देखि नै कुनै पनि काममा बन्चित हुने गरेको गुनासो गरिन् । सार्वजनीक सवारी साधनमा अपाङ्गगता भएका व्यक्तिहरुलाई छुटै आरक्षंण सिटको र भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था भएतापनी आफुहरुको लागि अहिले सम्म कुनै पनि छुट नभएको बताईन् । एक जना सहभागीले “म जिल्ला प्रशासन कार्यालय सुर्खेत गए, तर प्रशासनले ६ महिना बितिसक्दा पनि नागरीकता नै बनाउन मानेको छैन”, “किन नागरिकता नबनेको होला ? ” भन्दै बहसका वक्ता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत सुर्य थापालाई प्रश्न गरे ।

यस्तै नम्रता भारतीले उपस्थित भएका वक्ताहरुको कार्यालयमा दोभाषेको व्यवस्था नहुनु दुखद भएको भन्दै कार्यालयमा आफुहरुले सहजै रुपमा आफुहरुका कुराहरु राख्न सक्ने गरी व्यवस्थापन गर्न सुझाव दिईन् । यस्तै मनोसामाजिक अपाङ्गगता भएका व्यक्तिहरुले परिचय पत्र नपाएको गुनासो गर्दै मनोसामाजिक अपाङ्गता भएकाहरुले कहिले परिचयपत्र पाईन्छ ? भन्दै सहभागी शिखर भण्डारीले प्रश्न गरे । यसैगरि सहभागी वसन्त जैसिले वेवसाईटमा अपडेट भएका सुचना, सन्देशहरु, अपाङ्गता भएकाहरुलाई सहजै बुझ्न कठीन हुने गरेको भन्दै आगामी दिनमा सरकारी तथा गैरसरकारी कार्यालयले यस तर्फ ध्यान दिनु पर्ने बताए ।

उक्त बहस कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले अपाङ्गगता भएका व्यक्तिहरुको स्वास्थ्य विमा नगरपालिकाले गर्ने बताउँदै दोभाषेको व्यवस्थाको लागि पनि छलफल भईरहेको बताए । उपप्रमुख खनालले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र घरमै गएर समेत वितरण गरेकाे दावी गरे । साथै उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि नयाँ अपाङ्गमत्री भवन बन्दै गरेको जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले अपाङ्गगता भएका महिलाका लागि महिला सेल, ज्येष्ठ नागरीक सेल मार्फत गुनासो सुनुवाई भईरहेको बताए । अपाङ्गगता भएका व्यक्तिहरु केही समस्याका लागि जिल्ला प्रहरी कार्यालयमा आएमा जुनसुकै समयमा प्रहरी तयार रहने प्रतिवद्धता जनाए ।

सहभागीले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै कार्कीले जि‍.प्र.का.मा उजुरी पेटिका र गुनासो पेटिका भएको दावी गरे । उनले तपाईहरुले आफ्नो समस्या तथा गुनासो भएमा विभिन्न माध्यमबाट राख्न सकिने जानकारी दिए । डिएसपी कार्कीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अपाङ्गमैत्री भौतिक संरचना नभए पनि तल्लो तलादेखि नै सेवा प्रवाह भईरहेको बताए । जिल्ला प्रहरी कार्यलय सुर्खेतमा दोभाषेको व्यवस्था नभएता पनी माथिल्लो निकाय सँग दोभाषेको लागी पहल गर्ने प्रतिबद्धता जनाए । यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत सुर्य थापाले अति आवश्यक कामहरु पहिलो तलादेखि नै भएको बताए । साथै प्रशासनले नागरीकता बनाउनबाट कसैलाई पनि बन्चित नबनाएको जिकिर गरे । उनले सहभागीले राखेको प्रश्नको जवाफ दिँदै प्रशासनले नागरीकता बनाउनबाट कसैलाई पनि बन्चित नगरेको र बन्चित भएको अवस्था वडा कार्यालयमा बुझेर नागरीकता प्रदान गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख प्रशासकिय अधिकृत थापाले प्रशासन कार्यालयमा नयाँ अपाङ्गमैत्री भवन बन्दै गरेको पनि जानकारी दिए । यस्तै उच्च अदालतका रजिष्ट्रार अर्जुन प्रसाद कोईरालाले अदालतमा पुरानो भौतिक संरचना भएको हुँदा अपाङ्गमत्री भवन नभएको बताए । अदालतमा अपाङ्गताका साथै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु आएमा अदालतले निशुल्क उजुरी दर्ता गर्ने प्रतिवद्धता जनाए । उनले सहभागीको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै तपाईहरुको आर्थिक अवस्था कमजोर भएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै उच्च अदालत सुर्खेतले निशुल्क उजुरी दर्ता गर्नका लागी वकिलको व्यवस्था गरिएको बताए । राष्ट्रिय मनाव आयोगका प्रमुख लोकनाथ बास्तोलाले अहिले प्रदेश सरकारले उपलब्ध गराएको सानो संरचनामा बसको बताउँदै भवनको लागि खाजि भईरहेको बताए ।

अहिले हाम्रो कार्यालय अपाङ्गमैत्री भवनमा नभएको हुँदा अबका दिनमा शत प्रतिशत अपाङ्गमत्री भवन हुने प्रतिवद्धता जनाए । उनले वेवसाईटमा राखिएका सुचना दृष्टिबिहिन व्यक्तिहरुले पनि पढ्न पाउने गरी अपलोड गर्न पहल गरिने बताए । राष्ट्रिय आपाङ्ग महासंघ कर्णाली प्रदेशकी उपाध्यक्ष लिला वलीको अध्यतामा भएको कार्यक्रममा उच्च अदालत सुर्खेतका रजिष्ट्रार अर्जुन प्रसाद कोईराला, मानव अधिकार आयोग सुर्खेतका प्रमुख लोकनाथ वास्तोला, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्की, वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनाल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत सुर्य थापा लगायत अन्य विभिन्न अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित बुढाले गरेका थिए ।

तपाईको प्रतिक्रिया