लेकवेशीमा ऐतिहासिक व्यापार मेला सोमबारदेखि सुरु

दिपक बराल सुर्खेत । जिल्लाको लेकवेशी नगरपालिका वडा नब्बर ६ कल्याणमा ऐतिहासिक खेलकुद तथा सांस्कृतिक व्यापार मेला सोमवार देखि सुरु भएको छ । सुर्खेत निर्वाचन क्षेत्र नब्बर १ (ख) का प्रदेश सभा सदस्य कृष्ण जि.सी को प्रमुख आतिथ्यतामा उक्त मेला सुरु भएको हो । प्रत्येक वर्षको मंसिर पुर्णिमाको चौथीमा संचालन हुने ऐतिहासिक खेलकुद साँस्कृतिक व्यापार मेला यस वर्ष पनि सोमबार देखि सुरु भएको आयोजकले जनाएको छ । लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल र उपप्रमुख बिमला खड्लुको विशेष अतिथीमा उद्घाटन भएको ऐतिहासिक मेला मंसिर २९ गते सम्म संचालन हुने मेला आयोजकले जनाएको छ।

उक्त मेलामा विशेष अतिथी एवम् लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले आगामी दिनमा नगरपालिकाको संस्कृति झल्कने गरी मेला संचालन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । मेलाको अर्थ , सुन्तला, चाउमिन विक्रिवितरणमा मात्र सिमित नरहेर व्यववस्थित ढंगले आगामी वर्ष यस मेलालाई सञ्चालन गर्ने नगरपालिकाकी नगर उपप्रमुख बिमला खड्लुकले बताईन् । ऐतिहासिक कल्याण मेलाको अबसर पारी यस वर्ष भलिबल , फुटबल, र ब्याटमिन्टन प्रतियोगिता राखिएको छ । भलिबल प्रतियोगितामा १५ टिम , फुटबल प्रतियोगितामा २२ र ब्याटमिटन प्रतियोगितामा २४ टिमहरु सहभागी भएको आयोजकले जनाएको छ ।

आयोजक अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने खेलाडी टिमलाई रु ३० हजार दोस्रो हुने खेलाडी टिमलाई रु २० हजार , फुटबल प्रतियोगितामा प्रथम हुने खेलाडी टिमलाई रु २० हजार , दोस्रो खेलाडी टिमलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । यस्तै ब्याडमिटन प्रतियोगितामा प्रथम हुने खेलाडी टिमलाई रु १० हजार र दोस्रो हुने खेलाडी टिमलाई रु ५ हजार पुरस्कार रहेको रहेको मेला व्यवस्थापन समितिका सचिव लाल बहादुर घर्तीले जानकारी दिए । ऐतिहासिक कल्याण मेलाका व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर बाकावलको अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहमा लेकवेशी नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, लोक दोहारी गायिक लक्ष्मी लामिछाने, लोकदोहोरी गायिका केशरी घर्ती मगर लगायत स्थानियहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया