जाजरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । सोमवार जाजरकोटको छेडागाड नगरपालिका ५ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३ का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन् । दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ। मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन् । छेडागाड नगरपालिका वडा नम्बर ५ बाट वडा नम्बर ४ तर्फ जाँदै गरेको जीप दुर्घटनामा भएको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन । घाइतेहरुलाई उपचारको लागि नेपालगञ्ज पठाएको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । जिपमा सवार कति जना थिए भन्ने वारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया