जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । सोमवार छेडागाड नगरपालिका वडा नम्बर ५ बाट वडा नम्बर तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप मध्यपहाडी सडकखण्डअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा नं ५ को भीरपाटीमा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जीप सडकबाट अन्दाजी २५० मिटर तल खसेको छ । उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट डिएसपी एवम् प्रहरी उपरीक्षक सन्तोष निरौलाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया