कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ ११ जना सांसद चयन

सुर्खेत । कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जनामध्ये ११ जना सांसद चयन भएका छन । नेकपा एमाले र कांग्रेसले सांसद टुङ्गो लगाइसक्दा नेकपा माओवादी केन्द्रले भने अहिले सम्म पनि निर्णय गरेको छैन । यस्तै, राप्रपाले टुङ्गो लगाएपनि सांसदको नाम भने सार्वजनिक गरेको छैन । कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह चयन भएकी छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही, सल्यानकी लक्ष्मी सुनार सुर्खेतकी बलिमाया बुढा, हुम्लाकी विजया बुढा, एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल समानुपातिक सांसद बनेकी छन् । यस्तै सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक र नेकपा एकीकृत समाजवादीबाट रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद चयन भएकी छन् ।


तपाईको प्रतिक्रिया