वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना : दुईजना घाइते

सुर्खेत । सुर्खेतमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । जिल्लाको वीरेन्द्रनगर नगरपालिका २ टेम्पोपार्क स्थित ढोडेखाली बाट बांगेसिमल तर्फ जाँदै गरेको भे १ त ८०१७  नम्बरको ट्याक्टरको ट्रालीमा सोही दिशा तर्फ जाँदै गरेको लु ६६ प ८५२६ नम्बरको मोटरसाईकल ठोक्किदा २ जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते हुनेहरुमा कालिकोटको महावै गाउँपालिका ३ का २१ बर्षीय सर्जन मल्ल र सोही ठाउँका २० बर्षीय दिपक सिंह रहेकाे प्रहरीले जनाएको छ ।

मल्लको दाहिने खुट्टा र दुबै हातमा चोट लागेर उनको अवस्था सामान्य रहेको छ भने सिंहको टाउँको र निधारमा चोट लागेर अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते दुबैको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटना हुने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

 


तपाईको प्रतिक्रिया