चार महिनामा दुई अर्बको तास आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको छ । यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ । भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ । त्यसबापत सरकारले दुई करोड ८० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


तपाईको प्रतिक्रिया