वीरेन्द्रनगरमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधी हारभेष्ट स्कुलको पाेल्टामा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न १ दिने अन्तर भलिवल प्रतियोगिताको उपाधी हारभेष्ट मुन सेकेण्डरी स्कुलले जितेको छ । फाईनलमा हियुरिस्टिक रिर्सच सेन्टर वीरेन्द्रनगर नगरपालिका ११ चनौटेलाई पराजित गर्दैे हारभेष्ट मुन सेकेण्डरी स्कुल वीरेन्द्रनगर नगरपालिका ३ तातोपानीलेले उपाधी जितेको हो । हारभेष्टले उपाधी सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा बनेको हियुरिस्टिकले मेडल र प्रमाण पत्र पाएको छ । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्याब्सन जिल्ला उपाध्यक्ष राजु ढकाल, तथा केन्द्रीय उपाध्यक्ष कमल कुमार सिँह, नेशनल प्याब्सन केन्द्रीय सचिव राजु रोकाय, केन्द्रीय सदस्य शरद भण्डारी, प्रदेश अध्यक्ष महेन्द्र पुन र प्रदेश सचिव दिपेन्द्र खनाल लगायतले ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय प्याब्सन जिल्ला उपाध्यक्ष राजु ढकालले बिशेष गरी पहाडी भेगमा धेरै लोकप्रिय रहेको भलिबल यस किसिमका प्रतियोगिताका कारण सुर्खेतमा समेत लोकप्रिय बन्दै गएको बताए । राष्ट्रले लिएको समृद्धीको सपना साकार पार्न खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै ढकालले विद्यालय स्तरमा आयोजना गरिएका यस्ता प्रतियोगिताले खेलाडि उत्पादन गर्नमा समेत मद्धत पुर्याउने बताए । पछिल्लो पिडीमा स्वास्थ्यका लागि समेत खेलकुद महत्वपुर्ण रहेको चेतना सबैमा बढ्दै गएको कारणले समेत खेलकुुदमा मानिसको रुची बढेको उनले बताए । विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्न नगर जिल्ला, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्नेमा केन्द्रीय उपाध्यक्ष कमल कुमार सिँहले जोड दिए ।

उक्त प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला उपाध्यक्ष राजु ढकाल, तथा केन्द्रीय उपाध्यक्ष कमल कुमार सिँह, नेशनल प्याब्सन केन्द्रीय सचिव राजु रोकाय, केन्द्रीय सदस्य शरद भण्डारी,प्रदेश अध्यक्ष महेन्द्र पुन र प्रदेश सचिव दिपेन्द्र खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । १ दिने अन्तर भलिवल प्रतियोगितामा सुर्खेतका ५ वटा विद्यालयले सहभागीता जनाएका थिए । उक्त कार्यक्रमको सञ्चालन प्रदेश कोषाध्यक्ष दिपक खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया