कालिकोट डोजर दुर्घटनामा थप एकको मृत्यु

काठमाडौँ । कालिकोटमा डोजर भीरबाट पल्टिँदा थप एकजनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका रास्कोट नपा-७ का २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा जिल्ला अस्पताल मान्ममा उपचारकै क्रममा मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए। उनका अनुसार फुकोट अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा सान्नी त्रिवेणी गापा(१ का ३० वर्षीय चरित्र सार्की र – २ का १६ वर्षीय युवराज बुढाको भने घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका रास्कोट नपा(७ का २२ वर्षीय मिलन शाहीको भने उपचारको क्रममा जिल्ला अस्पताल मान्ममा उपचारकै क्रममा मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए। अन्य घाइते खाँडाचक्र नपा – ११ का १४ वर्षीय विकास भारती र १४ वर्षकै आशिष भारतीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

नदीमै परेर बेपत्ता भएका तीनजना भने अझै फेला परेका छैनन्। बेपत्ता भएका २३ वर्षीय कमल सोडारी, १९ वर्षीय उमेश गिरी र १४ वर्षका रक्तिम कार्कीको खोजी भइरहेको छ। स्थानीय र प्रहरी टोलीले खोजी गर्दा नभेटिएपछि भोलि गोताखोरको सहयोगमा खोजी गरिने प्रहरीले जनाएको छ। बेपत्ता भएका डोजर चालक कमल सोडारीसँग आयोजना घुम्नका लागि पुगेका स्थानीय दुर्घटनामा परेका हुन्।

तपाईको प्रतिक्रिया