निर्मलको सांगीतिक कोसेली “मनको पीडा सार्वजनिक” (भिडियो सहित)

सुर्खेत । सांगीतिक कोसेली मनको पीडा सार्वजनिक गरिएको छ । श्रीनाथ फिल्मसको व्यानरमा निर्माण भएको निर्मल प्याकुरेलको नयाँ सांगितिक कोशेली मनको पिडा शनिवार एक कार्यक्रमको आयोजना गरी सार्वजनीक गरिएको हो ।
घरमा रहेका ज्येष्ठ नागरिक घरमा बस्न नसकेर आश्रममा किन जान्छन् भन्ने सन्देश भिडियोले दिएको छ । सुर्खेतका अग्रज कलाकार तथा पत्रकारहरु बरिष्ठ कलाकार गंगा केसी, भीमबहादुर कार्की, कूलमान नेपालीले सो गीतले प्रत्येक घरको कथा भनेकोले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । यस्तै कार्यक्रममा सहभागि कलाकारहरुले सांगितिक क्षेत्रको धनी रहेको कर्णालीमा प्रविधिको उच्चतम प्रयोग गर्न सकेकोमा भिडियो निर्माण समुहलाई धन्यावद व्यक्त गर्दै आगामी दिनमा काठमाण्डौँको गुणस्तरियता सहित सुर्खेततमै यस्ता भिडियोहरु बन्नस आवश्यक रहेको बताएका थिए ।
श्रीनाथ फिल्मसको व्यानरमा निर्माण भएका म्युजिक भिडियो र लघुकथाहरु उत्कृष्ट रहेको र काडमाण्डौँमा बनेको म्युजिक भिडियोहरु भन्दा कम नभएको भन्दै आगामी दिनमा थप सफलताको सुभकामना दिएका थिए ।
सो अवसरमा कलाकारहरु उमालाल आचार्य, हरि विष्ट, केशव ढकाल, माया थापा, सुर्खेत काँक्रेविहार यातायात समितिका अध्यक्ष रमेश सापकोटालगायतले गीतले सवैको मन जित्ने विश्वास व्यक्त गरे ।
कथा र निर्देशक निर्मल प्याकुरेल रहेको सो भिडियोमा नेपाली चलचित्रका नायक धिरेन शाक्य, विन्दा खतिवडा, कुमार कार्की, प्रेमदेव गिरी, यमन आचार्य, हरि ढकाल र कृपा प्याकुरेलले अभिनय गरेका छन् ।
स्वरुपराज आचार्यको स्वर रहेको सो गीतको एरेन्जर झलक संगीतम, शव्द कुमार कार्की, संगीत यज्ञ गिरी, छायांकन अर्जुन सापकोटा र पटकथा चन्द्र मन्दिरको रहेको छ ।

तपाईको प्रतिक्रिया