बुद्ध एयरले काठमाडौं सुर्खेत उडान एटिआर ७२ जहाजबाट गर्ने

सुर्खेत । बुद्ध एयरले आउँदो डिसेम्बर १६(पुस १ गते) देखि काठमाडौं सुर्खेत उडान एटिआर ७२ जहाजबाट गर्ने भएको छ । सुर्खेत उद्योग वाणिज्य संघको पहलमा बुद्ध एयरले काठमाडौं सुर्खेत उडान एटिआर ७२ जहाजबाट गर्ने भएको हो । अहिले सो गन्तव्यमा एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुद्धले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको हो । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ । हाल सञ्चालनमा रहेको एटिआर ४२ उडानबाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको जनाएको छ ।

सानो जहाज सञ्चालन गर्न उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । ठुलो जहाजको का सिटहरु उपलब्ध हुनेछन् । सुर्खेतका लागि न्यूनतम भाडादर ७ हजार बाट सुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुद्धले भर्ने जनाएको छ । उक्त जहाज काठमाण्डौबाट बिहान १० बजे सुर्खेत र ११ ३५ बजे सुर्खेतबाट काठमाडौंका लागि उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।


तपाईको प्रतिक्रिया