वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा जेष्ठ नागरिक खुसी

दिपक बराल सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ५ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भौगौलिक रुपमा विकट मानिने लेकवेशी नगरपालिका वडा नम्वर ५ नेटामा मंगलवार सामाजिक सुरक्ष भत्ता वितरण गरिएको हो । लेकवेशी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष चक्रबहादुर शाहीको पहलमा लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुर प्राईम बैंक शाखाका कर्मचारी वडा कार्यालयमै पुगि वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडास्तरबाटै ४४ जना अशक्त, जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

विगतका दिनमा अशक्त, जेष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई नेटा देखी दशरथपुरसम्म आउन कठिनाई हुने गरेको र बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ सम्म लाईन बस्नुपर्ने अवस्था रहेको थियोे ।
दशरथपुरदेखी नेटासम्म सडक संचालनमा आएपनि समय अनुसार नियमित गाडी नचल्दा समयमै लाभग्राहीहरुलाई घर फर्कन पनि सास्ती झेल्नु परेको जनगुनासो बढ्न थालेपछी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष चक्रबहादुर शाहिले जानकारी दिए । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु खुसी भएका छन । वडा अध्यक्ष शाही निर्वाचित भए यता दोस्रो पटक वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।


तपाईको प्रतिक्रिया