अम्मर राजवंशी सुर्खेत । ‘राष्ट्रिय तथा स्थानिय कला र संस्कृतीको शान,गुर्भाकोटको ऐतिहासिक पहिचान’ भन्ने उद्देश्यका साथ मंसिर २२ अर्थात आज (बिहिवार) देखि २६ गते सम्मको लागी सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहेलकुनामा ऐतिहासिक शुभाघाट मेला संचालन भएको छ । २३ गतेदेखि सुरु हुने सांस्कृतिक कार्यक्रममा भोलि चर्चित गायक छेवाङ लामा आउने आयोजकले जानकारी दिएको छ । उनका तिम्रो बुबालाई लाउरे आउदै छ, तिम्रो मनमा मेरो माया छ हेर,कान्छी जादैछु टाढा जस्ता थुप्रै गीतहरु चर्चित छन । मेलामा गायक छेवाङ लामा सँगै चर्चित डान्सर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ । सांस्कृतिक कार्यक्रम २३ गतेदेखि २६ गतेसम्म निरन्तर हुनेछ ।


दर्शन खबर । २२ मंसिर २०७९, बिहीबार