हुम्ला । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । बुधवार दिउँसो करिब १ बजेतिर हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए । चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ । जहाज मर्मतका लागि तारा एअरले काठमाण्डौबाट प्राविधिक पठाउने तयारी गरेको छ ।


दर्शन खबर । २१ मंसिर २०७९, बुधबार