सुर्खेतमा १९ वर्षीय विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी

कुलेन्द्र शाही सुर्खेत । सुर्खेतमा एक जना विद्यार्थीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी बनाएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका ६ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १९ वर्षका दिनेश अधिकारीले पेट्रोलबाट चल्ने ४ पाङ्ग्रे गाडी बनाएका हुन् । स्थायी घर वीरेन्द्रनगर नगरपालिका ९ अलाचौर भएका र हाल वीरेन्द्रनगर ६ हटियालाइन बस्दै आएका अधिकारीले विद्यालयका शिक्षकहरुको सहयोगमा उक्त गाडी बनाएका हुन् । ‘ पहिले सानो गाडी बनाउथे । विद्यालयमा शिक्षकहरुले अनि साथीहरुले ठुलो गाडी बनाउन सक्छौ भने बनाउ भन्नुभयो म अलि ठुलो गाडी बनाउन तर्फ लागेको हुँ ‘ अधिकारीले भने , ‘ विहान क्याम्पस आउँथे दिउँसो गाडी बनाउनमा व्यस्त हुन्थे। कहिलेकाँही त राति सम्म पनि काम गर्थे । उनले निरास हुदै’ भने, उनको घरमा आठ जनाको परिवार रहेको छ । उनी घरको माईलो छोरा हुन् । आर्थिक अवस्था न्युन रहेका अधिकारी अहिले कक्षा १२ मा व्यवस्थापन विषय लिएर पढ्दै छन् । ‘ सूरुमा १२ वर्षको हुँदा सानो सानो गाडी बनाए । त्यसपछि ठुलो गाडी बनाउ भन्ने कुरा दिमागमा आयो अनि मैले ठुलो गाडी बनाउनमा लागे ।’ यसरी बनाउ भन्ने थाहा त थिएन तर युट्युब हेरेर पेट्रोलबाट चल्ने गाडी बनाउन सफल भएको अधिकार बताउँछन । उक्त गाडी उनले ६ महिनामा निमार्ण गरेका हुन् ।उनले गाडीको नाम पनि आफ्नो जिवन अनुसार अग्रेजीमा डिके२०७९न्यु राखेको छन् । जसमा डि भनेको दिनेश, के भनेको आफुलाई सहयोग गर्ने भाई किरण र २०७९न्यु भनेको गाडी निमार्ण गरेको साल भएको बताएका छन् । उनी भन्छन,‘ ‘ घरमा कसैले पनि गाडी बनाउन सक्छ भनेर विश्वास गरेका थिएनन् अहिले मैले बनाएको गाडी देखेर घरपरिवार सबै प्रफुल्ल छन्’ , निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उनको भनाई छ । उनले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेका छन् । गाडीमा अहिले एक जना मात्रै बस्न मिल्छ । केही दिन अगाडी मात्रै विद्यालयको वार्षिक उत्सव हुँदा गाडी घरबाटै चलाएर विद्यालयमा ल्याएको विद्यालयका प्रधानध्यापक गणेश कुमार न्यौपानेले बताए । गाडिमा चाहिएको वाटर पम्प, सेन्टिफियुकल, क्लोज जस्ता सामान नेपालमै नपाइएको गुनासो गरे । गाडीमा लाग्ने क्लोज भएको भए अझै सहज र छिटो तरिकाले चल्थ्यो त्यही नभएकाले अहिले बिस्तारै एक लिटर पेट्रोल हाल्दा कम्तिमा २ दखि ४ किलोमिटर सम्म दौड्न सक्ने आँकलन गरिएको छ । उनले उक्त गाडीमा अटोका ४ वटा टायर बेरीङ्ग, गियर तार, रेश र फलाम हालेका छन् ।आगामी दिनमा कसैको साथ, सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडी बढाउने उनको उद्देश्य रहेको छ । उनले अब बाइक, कार बनाउने चाहना राखेको छन् । सोही विद्यालयका प्रधानध्यापक न्यौपानेले गाडी बनाउछु भन्दा विद्यालयले सूरुमा २१ हजार पैसा दिएको र अव आगामी दिनमा पनि उनलाई विद्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । अहिलेसम्म उक्त गाडी निर्माण गर्न अधिकारीको एक लाख रुपैया भन्दा बढि खर्च भएको छ ।


तपाईको प्रतिक्रिया