सिम्ता गाउँपालिकाकाे समिक्षा, के के भयो विकास ?

सुर्खेत । सिम्ता गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ को वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा सिम्ता गाउँपालिकाले गत वर्ष गरेका सम्पुर्ण विकास निर्माणका कार्यहरुको सार्वजनिक गरेको छ ।
विकास निर्माणसँगै सेवाका बारेमा पारदर्शिता र सुशासनका बारेमा सम्बन्धित वडाका अध्यक्ष र शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । ९ वटै वडा अध्यक्ष र गाउँपालिकाका स्वास्थ्य शाखा, शिक्षा शाखा, पुश, आर्युवेद, कृषि, महिला तथा बालबालिका र न्यासमितिका शाखागत प्रमुखहरुले आ आफ्ना दिनमा भएका गतिविधिसँगै समिक्षा, सुधार र अपेक्षाका विषयमा प्रतिवेदन प्रस्तुत गरिएका थिए ।
वडा अध्यक्ष, विषगत शाखा प्रमुखहरुको प्रगति प्रतिवेदन प्रस्तुत भएपछि गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार के.सीले उज्यालो सिम्ता, प्रत्येक वडामा पहुँच मार्ग, जनतासँग सिम्ता गाउँपालिका लगायतका क्षेत्रमा भएको कामकाज तीब्ररुपमा अघि बढिरहेको जानकारी दिनुभएको थियो
हालसम्म दुईवटा बजेट कार्यन्वयन भई विकासले गति लिएको र तेस्रो बजेट कार्यान्वयनको क्रममा रहेका बताउदै अध्यक्ष केसीलेले जनताका अपेक्षा पूरा हुने घोषणा गर्नुभयो ।
गाउँपालिकाले ६३ वटा खानेपानी आयोजना निर्माण तथा मर्मत, चक्रपथ निर्माण कार्य, सहिद इन्द्र बिसी दुर्त मार्ग, विद्युतीकरण, तीनवटा स्वास्थ्य चौकी मर्मत तथा निर्माण, २ वटा विद्यालय भवन निर्माण र ५२ वटा विद्यालयको मर्मत, ७१ वटा सिचाइँ कुला निर्माण, २ वटा वडा कार्र्यालय निमार्ण, ८ वटा सामुदायिक भवन निर्माण तथा मर्मत, १२ वटा कला संस्कृतिको संरक्षण, १२ मन्दिर निर्माण, आईसिटी, शिक्षा नीति लगायतका काम गरिएको जनाएको छ ।
गत वर्षको वजेट खर्चको समिक्षा तथा खर्च सार्वजनिकरण कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । गत वर्षको बजेट खर्चको कामकाजका विषयमा घनिभुत छलफल भएको कार्यक्रममा आर्थिक, सामाजिक तथा संस्थागत विकासका लागि पुर्वाधार, सुशासनयुक्त सिम्ता गाउँपालिकाको आधार भन्ने मुल नारा तय गरिएको कार्यक्रममा ‘समृद्ध सिम्ता, सुखी सिम्ताली’को मुल मन्त्रका साथ अघि बढेको ठोकुवा गरिएको छ ।


तपाईको प्रतिक्रिया