पंखबहादुर शाही । सुर्खेत । नयाँ आर्थिक वर्षमा कार्यन्वयन गर्ने योजनाहरुको कार्यविधी नबन्दा कर्णाली प्रदेश सरकारका काम अघि बढ्न सकेका छैनन् । बजेट संसदबाट पास भएको दुई महिना पुग्दा समेत प्रदेश सरकारका सवै मन्त्रालयमा आफ्ना मन्त्रालयगत योजनाका कार्य्विधि बनेका छैनन् । गत असार १० गते नै चालु आर्थिक बर्ष २०७६ ०७७ को बजेट पास भइसकेको थियो । यति सम्म कि वजेट कार्यन्वयनको अख्तियारी पनि कुनै मन्त्रालयमा पुगेको छैन । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले अख्तियारी नआएकै कारण कुनै कार्य अघि नबढेको बताउनुभयो । अबको केहि हप्तामै अख्तियारी आएपछि सबै कार्यहरु अघि बढ्ने उहाँले बताउनुभएको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्णबहादुर रोकायाले अहिले आफूहरु कार्य्विधि निर्माणकै चरणमा रहेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट हुने कार्यहरु अवको केहि दिन पछिदेखि नै सुरु हुने उहाँले बताउनुभयो ।



दर्शन खबर । ९ भाद्र २०७६, सोमबार